दफा २२
मुलुकी ऐनमा संशोधन

मुलुकी ऐनको,–
(१) प्रारम्भिक कथनको ३ नं. को खण्ड (क) को सट्टा देहायको खण्ड (क) राखिएको छ ः–
“(क) “नेपाल” भन्नाले नेपाल राज्य सम्झनु पर्छ ।”
(२) अदालती बन्दोवस्तको,–
(क) ७१ख.नं को ठाउ“ ठाउ“मा रहेको “शाही” भन्ने शब्द झिकिएको छ ।
(ख) ११८ नं. को दफा १ झिकिएको छ ।
(ग) १४१ नं. मा रहेका “राजगद्दी, राजपरिवारको गाथ वा” भन्ने शब्दहरु झिकिएका छन् ।
(३) कागज जा“चको महलको ४ नं. को ठाउ“ ठाउ“मा रहेका “लालमोहर हुने” भन्ने
शब्दहरुको सट्टा “प्रमाणीकरण हुने” भन्ने शब्दहरु राखिएका छन् ।
(४) कीर्ते कागजको महलको ८ नं. मा रहेका “लालमोहर वा लालमोहर लागेको कागज”
भन्ने शब्दहरुको सट्टा “लालमोहर लागेको वा प्रमाणीकरण भएको कागज” भन्ने शब्दहरु राखिएका छन् ।
(५) ज्यान सम्बन्धी महलको ४ नं. मा रहेका “सरकारी अभियोक्ता” भन्ने शब्दहरुको सट्टा
“सरकारी वकील” भन्ने शब्दहरु राखिएका छन् ।
(६) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(७) ठाउ“ ठाउ“मा रहेका “राजगद्दी वा राजपरिवारको गाथ सम्बन्धी मुद्दा” भन्ने शब्दहरु झिकिएका छन् ।
(८) ठाउ“ ठाउ“मा रहेका “राजगद्दी वा राजपरिवारको गाथ सम्बन्धी वा” भन्ने शब्दहरु
झिकिएका छन् ।
(९) ठाउ“ ठाउ“मा रहेका “राजगद्दी, राजपरिपारको गाथ वा” भन्ने शब्दहरु झिकिएका
छन् ।